ग्यालेक्सी ई बोर्डिङ स्कुलमा एक दिने एआई (AI) प्रशिक्षण सम्पन्न

२०८३ आश्विन १२, सोमबार
पढ्ने समय : < 1 मिनेट


​असोज ११ आइतबार
सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका–४ स्थित ग्यालेक्सी ई बोर्डिङ स्कुलमा शिक्षक-शिक्षिकाहरूका लागि एक दिने एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक-शिक्षिकाहरूलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।
​कार्यक्रममा प्रशिक्षक कृष्ण आचार्यले सहजीकरण गर्नुभएको थियो। उहाँले उपस्थित शिक्षक शिक्षिकाहरूलाई प्रविधिमैत्री शिक्षणका लागि आवश्यक पर्ने विभिन्न नवीन एआई टुल्स (AI Tools) हरूको प्रयोग र कक्षाकोठामा यसको व्यावहारिक अभ्यासका बारेमा विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक आचार्यले परम्परागत शिक्षण विधिलाई परिमार्जन गर्दै प्रविधिको अधिकतम प्रयोगबाट विद्यार्थीको सिकाइलाई कसरी रोचक र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा जोड दिनुभएको थियो।

 

​विश्वव्यापी रूपमा सूचना प्रविधि र एआईको प्रयोग तीव्र गतिमा बढ्दै गइरहेको सन्दर्भमा, विद्यार्थीहरूलाई समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्न यो तालिम निकै फलदायी हुने विद्यालयले विश्वास लिएको छ। तालिममा सहभागी शिक्षक-शिक्षिकाहरूले नयाँ प्रविधि सिक्न पाउँदा उत्साह व्यक्त गर्दै, सिकेका प्रविधिमैत्री टुल्सहरूलाई आफ्नो दैनिक कक्षाकोठामा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय