
मङ्सिर ९ बुधबार
सैनामैना ।
नेपाली कांग्रेस सैनामैना नगर समितिको आयोजनामा स्वागत, भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। सैनामैना–५ स्थित पार्टी नगर कार्यालय मौसम चोकमा आयोजित कार्यक्रममा समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठनात्मक स्थिति, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गरिएको हो।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँलाई सैनामैनामा स्वागत तथा सम्मान गरिएको थियो। कार्यक्रममा बोल्ने नेताहरूले पार्टीभित्र एकता, आपसी सद्भाव र सहकार्यलाई बलियो बनाउँदै संगठनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका कोषाध्यक्ष प्रकाश राना, प्रदेश सदस्य चित्रबहादुर केसी, सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्रप्रसाद शर्मा, नेपाली कांग्रेसका पूर्व नगर सभापति रणबहादुर खनाल तथा नगर सभापति विमल ज्ञवालीलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूबीच पार्टीको वर्तमान अवस्था, संगठन विस्तार र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रम नेपाली कांग्रेस सैनामैना नगर सभापति विमल ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो।

