नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नं. ५(क) बाट विष्णु ढकालले लुम्बिनी प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।
नेपाल विद्यार्थी संघ (NSU) को पृष्ठभूमिबाट राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका ढकालले युवा प्रतिनिधित्व, संगठनको सुदृढीकरण तथा सामाजिक रूपान्तरणमा थप योगदान पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
ढकालले मतदानमा सहभागी हुने क्षेत्रीय प्रतिनिधिहरूसँग आफ्नो पक्षमा अमूल्य मत तथा सद्भावका लागि आग्रह गरेका छन्। उनले संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन्, “भोलि हुने मतदानमा यहाँहरूको अमूल्य मत तथा सद्भावको अपेक्षा गर्दछु।”


