लायन्स क्लबद्वारा पिस पोस्टर प्रतियोगिता:बुद्धका अंशु प्रथम 

२०८३ आश्विन १८, आईतवार
पढ्ने समय : 2 मिनेट


असोज १८ आइतबार
सैनामैना । लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजनामा सैनामैनामा पिस पोस्टर प्रतियोगिता सम्पन्न भएको छ। “मानवतामा सद्भावना” भन्ने नाराका साथ आइतबार सैनामैना–८ रामापुरस्थित रामापुर रिभाइवल इङ्लिस बोर्डिङ स्कुलमा लायन्स क्लव अफ मलमलाद्वारा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा बुद्ध इङ्लिस स्कुलका विद्यार्थी अंशु कुँवर प्रथम, प्रभात इङ्लिस स्कुलकी निमिसा थापा द्वितीय, प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलका अनमोल कडेल र रामापुर रिभाइवल इङ्लिस बोर्डिङ स्कुलकी दिपिसा खनाल तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ ।

प्रतियोगितामा सफल विद्यार्थीहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले शान्ति, मानवता, सद्भावना तथा सामाजिक एकताको सन्देशलाई पोस्टरमार्फत प्रस्तुत गरेका थिए।
कार्यक्रम लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षता तथा लायन्स क्लब डिष्ट्रिक एडभाइजर कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा लायन सुशिला शर्माको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रमको संयोजन तथा सञ्चालन लायन्स क्लब अफ सैनामैना मलमलाका निवर्तमान अध्यक्ष जीवन घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय