बाँसगढीमा ‘रमाइलो सांस्कृतिक मेला–२०८३’, आज एलिना चाैहानको प्रस्तुति

२०८३ आश्विन २०, मंगलवार
पढ्ने समय : < 1 मिनेट

बाँसगढीमा ‘रमाइलो सांस्कृतिक मेला–२०८३’, आज एलिना चाैहानको प्रस्तुतिसैनामैना । सैनामैना नगरपालिका– ८ बाँसगढीमा सञ्चालन भइरहेको प्रथम बाँसगढी रमाइलो सांस्कृतिक मेला–२०८३ मा आज चर्चित कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ।

असोज १४ गतेदेखि सुरु भएको मेलाअन्तर्गत आज चर्चित गायिका एलिना चौहान र गायक हरि खड्काले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। यस्तै सुरेन्द्र परियारले उद्घोषण गर्ने तथा सुमित भट्टराईले उद्घोषक/गायकका रूपमा प्रस्तुति दिनेछन्।
स्थानीय कला, संस्कृति तथा मनोरञ्जनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसँगै कलाकारहरूको प्रस्तुतिले दर्शकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।
ॐ श्री किङ्तेश्वर महादेव मन्दिर परिसर, सैनामैना–८ बाँसगढीमा जारी मेलामा स्थानीय बासिन्दा तथा आसपासका क्षेत्रबाट दर्शकको सहभागिता रहने आयोजकले जनाएको छ।
मेलामा सैनामैना नगरपालिका संरक्षक, ॐ श्री किङ्तेश्वर महादेव मन्दिर र बुद्धदर्शन फुटबल एकेडेमी सह–आयोजक तथा क्लब, गैडहवा–८, रुपन्देही आयोजक रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय